२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर पौडेलसँग १६ करोडको सम्पत्ति, १४ करोडभन्दा बढीको सेयर

अ+ अ-

काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेलले १६ करोडको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका छन् । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो ।

गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण बैंकमा बुझाएका हुन्।

उनीसँग दुई स्थानमा घरजग्गा रहेको र उक्त जग्गा श्रीमतीको नाममा रहेको छ । ललितपुरमा श्रीमती प्रतिभा शर्माको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्ग फिटको घर छ।

विवरणमा पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रुपैयाँमा घरजग्गा किनेको उल्लेख गरेका छन्। नवलपरासीको गैँडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रुपैयाँमा घर किनेको विवरणमा उल्लेख छ। पौडेलको आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रुपैयाँभन्दा बढीको सेयर छ।

गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ। त्यस्तै, करिब १५ लाख रुपैयाँ बराबरको हिरा छ। सुन भने पैतृक रूपमा पाएको उल्लेख छ।

पौडेल र उनको पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रुपैयाँ बचत छ। यसबाहेक डलर खाता पनि छ। उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ भने उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ।