२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

अ+ अ-

मुस्ताङ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउ खेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउ खेती सुरु गरेका छन् ।

जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउ खेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै स्याउ खेती हुन थालेको छ । तल्लो मुस्ताङमा हुने शीतोष्ण फलफूलमध्येको स्याउ खेती उपल्लो मुस्ताङमा सप्रिन थालेपछि त्यहाँका किसान उत्साहित भएका छन् । अहिले त्यहाँ स्याउ खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 

यहाँका किसानलाई स्याउ खेतीतर्फ आकर्षित गर्दै स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्ने किसानलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। लोमान्थाङ गाउँपालिका १६औँ गाउँसभाको पालिकाले कृषि प्रणालीको बृहत्तर विकास गर्नेगरी स्याउ खेती विस्तार गर्ने रणनीति लिएको उनले बताए । 

“हामीले नीति तथा कार्यक्रम र बजेटमै स्याउका बिरुवा खरिदमा किसानलाई अनुदान दिने घोषणा गरेका छौँ, किसानलाई स्याउका प्रति बिरुवामा कति अनुदान दिने भन्ने कार्यपालिकाले निर्णय गर्नेछ, यस सम्बन्धमा बजेटमै समावेश गरी किसानका माग सम्बोधन गर्ने प्रयासमा छौँ”, अध्यक्ष गुरुङले भने ।

अध्यक्ष गुरुङका अनुसार लोमान्थाङले किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकरण गर्न सहजीकरण गर्ने नीति लिएको छ । यहाँका किसानलाई उत्पादनमा आधारित आलु, फापरलगायतका उत्पादनलाई गाउँपालिकाले निश्चित मापदण्ड राखेर बढी उत्पादन गर्ने किसानलाई अनुदान दिएर प्रोत्साहन गराइने छ ।

आगामी आवदेखि गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्ने र त्यसो हुन नसकेमा किसानको उत्पादन गाउँपालिकाले खरिद गरी बजारमा लगेर बिक्री गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङको भनाइ छ । यसका लागि तत्काल प्रारम्भिक चरणमा रु १० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए। लोमान्थाङ गाउँपालिकाले आगामी आवका लागि रु ३२ करोड ६० लाख बराबरको बजेट खाका तयार गरेको छ । जसमा चालुतर्फ रु ११ करोड ७४ लाख र पुँजीगततर्फ रु २० करोड ८५ लाख बजेट विनियोजन गरेको छ ।