२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पनौती नगरपालिकाबाहेक काभ्रेका सबै स्थानीय तहले ल्याए बजेट 

अ+ अ-

काठमाडौँ । काभ्रे जिल्लाका स्थानीय तहमध्ये पनौती नगरपालिकाबाहेक सबैले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गरेका हुन् । केही पालिकाहरूले भने यसअघि नै बजेट ल्याइसकेका थिए ।

धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेका छन् । पनौती नगरपालिकामा भने नगर सभा स्थगित भएको छ । स्थगित भएको नगर सभा भोलि बस्दै छ ।

मंगलबार एकै दिन जिल्लाका ९ स्थानीय तहले आर्थिक वर्ष ०८२र०८३ को लागि बजेट सार्वजनिक गरेका हुन् ।

जस अनुसार, पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँको, मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९ रुपैयाँको, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २ सय ४३ रुपैयाँको, रोशी गाउँपालिकाले रोशी गाउँपालिकाको ७२ करोड ४ लाख ३७ हजारको, भुम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजारको, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैंयाको, खानीखोला गाउँपालिका ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैंयाको, चौंरीदेउराली गाउँपालिकाले ६९ करोड ५ लाख ५ हजार र महाभारत गाउँपालिकाले ६० करोड १३ लाख १ हजारको बजेट ल्याए ।

सबैभन्दा बढी बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजे ल्याएको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकाले असार ५ गते १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको तथा नमोबुद्ध नगरपालिकाले असार ९ गते नै ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।