काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिकाले वडाध्यक्ष निधनमा आइतवार पालिकामा शोक बिदा दिएको छ ।
वडा नं ५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको हो ।
रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो । वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।








