२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘आइटी छुट्टै क्षेत्र होइन, यसलाई सबैसँग जोडेर हेर्ने बेला आएको छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् ।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले एउटा क्षेत्रको रूपमा मात्र नहेरी अब आइटीलाई सम्पूर्ण क्षेत्रसँग जोडेर हेर्ने बेला आएको बताएका हुन् ।

‘नेपालमा हामी छुट्टै कृषिको कुरा गरिरहेका हुन्छौँ । स्वास्थ्य, शिक्षाको छुट्टाछुट्टै कुरा गरिरहेका छौँ । मानौँ, त्यो चाहिँ छुट्टै संसार हो,’ थापाले भने, ‘अनि आइटीमा काम गरिरहेकाको चाहिँ अर्को छुट्टै संसार भन्ने ठान्छौँ । त्यो हैन । आइटी भनेको त कृषि, स्वास्थ्य, शिक्षामा कसरी प्रविधि लाने भन्ने विषय हो ।’

जस्तो, ‘शिक्षा क्षेत्रमा गणित र विज्ञानमा ठूलो समस्या छ भनेपछि सायद प्रविधिले त्यसलाई सहज बनाउन सक्छ कि ? यसबीचको खाडल भर्न सक्छ कि ? हाम्रो स्वास्थ्यमा जनशक्तिको एकदम ठूलो समस्या छ भनेपछि त्यहाँ प्रविधि प्रयोग गर्न सक्छौँ कि ? भनेर सोच्ने बेला आएको’ थापाले बताए ।

‘सेक्टर छुट्टाएर हैन, यी सबैलाई एकै ठाउँ राखेर काम गर्नुपर्छ । छलफल गर्नुपर्छ,’ थापाले भने ।