एएफपी । हमास समूहले अपहरण गरेको तीन जना बन्धकको आइतबार शव फेला पारेको इजरायली सेनाले जनाएको छ ।
गाजापट्टीबाट एउटा विशेष अपरेसनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको हो ।
२०२३ अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका तीन जनाको शव गाजाको किब्बुट्जमा इजरायली सेनाले नियन्त्रणमा लिएको मृतकमध्ये एकका बुवाले बताए । ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ मा हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्यांक कमान्डर लेभिन्सनको पनि किब्बुट्जमा मृत्यु भएको थियो ।







