काठमाडौँ । प्रतिपक्ष दलको बैठकले गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। संघीय संसदको कार्यकक्षमा बसेको बैठकले श्रम ऐन २०६४ पश्चात् हालसम्मको ‘भिजिट भिसा प्रकरण’ छानबिन गर्न आयोग बनाउने र यसलाई सधैंका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकले छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न र अनुसन्धान प्रभावित नहोस् भनी राजीनामा दिएर सहयोग गर्नुपर्ने माग गरेको छ। साथै, प्रधानमन्त्रीले सदनमा आएर यो विषयमा प्रतिबद्धता व्यक्त गर्नुपर्ने अडान राखिएको छ।
यी निष्कर्षसहित प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा जारी बैठकमा सहभागी हुन गएका छन्।







