काठमाडौँ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ।
विपक्षी दलहरूको निरन्तर संसद् अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। छलफलपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान दोहोर्याएका छन्।
जेठ १९ गते संसदीय दलको बैठक बोलाएर थप रणनीति बनाउने जानकारी दिइएको छ ।