काठमाडौँ। संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरवारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् । त्यसैले संसदको अवरोध हटाउन सभामुख घिमिरे सक्रिय छन् ।
यो बैठकलगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।