१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तीन दशमलव २३ प्रतिशत रहेकामा चालु आवको यस्तो वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान गरिएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१.८२’ मा भनिएको छ, “निर्माण क्षेत्रमा सुधार भएका र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा वृद्धि भएकाले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान छ । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान शून्य दशमलव ४८ प्रतिशत रहेकामा चालु आवमा यस्तो योगदान शून्य दशमलव ४६ प्रतिशत रहने अनुमान छ ।”

विगत दुई आर्थिक वर्षमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि ऋणात्मक रहेकामा चालु आवमा धनात्मक रहने र वनस्पति तेल, प्लाइउड, प्लाष्टिकका पाइप ‘फिटिङ्ग’, पेय पदार्थ, साबुनलगायत वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धि, भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रको वृद्धिमा सुधार हुने सरकारले जनाएको छ ।

सर्वेक्षणमा भनिएको छ, “गत आर्थिक वर्ष उत्पादनमूलक उद्योगको उत्पादन दुई दशमलव शून्य दुई प्रतिशतले ऋणात्मक रहेकामा चालु आवमा तीन दशमलव ७८ प्रतिशतले वृद्धि हुने आउँछ, पछिल्लो दशक उत्पादनमूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर औसत दुई दशमलव ९४ प्रतिशत रहेको छ ।” 

यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान चार दशमलव ९३ प्रतिशत रहेकामा चालु आवमा चार दशमलव ९८ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधि विस्तार भएसँगै उत्पादनमूलक उद्योगको उत्पादन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले यस क्षेत्रको योगदान बढेको सरकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस