काठमाडौँ । सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदमा पुनः लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्ति गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
यसअघि चार वर्षे कार्यकाल सकेर बिदा भएका हुमागाईं दोस्रो कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन् ।







