११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद् न्यूनीकरणका लागि ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको छ’ : प्रमुख महर्जन

अ+ अ-

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताएका छन् ।  

राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आज ललितपुर नगर प्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा उनले कुनै पनि विपद् आइलाग्दा स्थानीय सरकार पहिला तयार हुनुपर्ने बताए । 

“हामीले विपद्मा काम गर्न नगर प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाएका छौँ, आजको तालिमले पनि यसलाई सहज बनाउँछ, सूक्ष्म तवरले प्रशिक्षण दिन सक्ने व्यक्तित्व तयार गरेका छौँ । ललितपुर महानगर विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागिपरेको छ”, महर्जनले भने । विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहकार्यमा पहिलो पटक तालिम भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिए । 

“विपद् न्यूनीकरणका क्षेत्रमा काम गर्न ललितपुर महानगर अगाडि छ र प्रभावकारी ढङ्गले काम पनि गरिरहेको छ”, महानगरप्रमुख महर्जनले भने । उनले विपद् आउनुपहिला नै तयारी अवस्था बस्नुपर्ने भन्दै संवेदनशील भएर पूर्वतयारी, उद्धार तथा राहतमा जुट्नु सबैलाई आग्रह गरे । 

महानगरप्रमुख महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार तयार हुनुपर्ने भन्दै यस वर्ष रु पाँच करोड बजेट छुट्याएर काम गरिएको जानकारी दिए। उनका अनुसार महानगरका विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस