१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमन प्रकरण: भ्रामक समाचार प्रकाशन नगर्न गृह मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएका पछिल्ला घटनाक्रमसँग सम्बन्धित समाचारप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुष्टि नभएका र भ्रामक समाचारहरू सार्वजनिक भएकोप्रति दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा मन्त्रालयले सञ्चारमाध्यमहरूमा अध्यागमन कार्यालयको घटनालाई जोडेर मन्त्रालयको नेतृत्वलाई लक्षित गरी प्रकाशित र प्रसारित समाचारहरू अनावश्यक र एकपक्षीय भएको भन्दै आपत्ति जनाएको हो। मन्त्रालयले यस्ता समाचारले अनावश्यक भ्रम सिर्जना गर्ने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो।

“अध्यागमन कार्यसम्पादनमा मन्त्रालयको कुनै प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट गर्दै, यस्ता विषयमा तथ्यपरक र प्रमाणसहित मात्र समाचार सम्प्रेषण गरिनु उपयुक्त हुनेछ,” विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले समाचार संकलन र प्रकाशन गर्दा सत्य तथ्यको आधारमा निष्पक्ष रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ।

गृह मन्त्रालयले शान्ति सुरक्षा, सुशासन र उत्तरदायी प्रशासन निर्माणका लागि निरन्तर क्रियाशील रहेको जनाउँदै अनावश्यक रूपमा मन्त्रालयलाई जोडेर समाचार सम्प्रेषण नगर्न पुनः अनुरोध गरेको छ। मन्त्रालयका अनुसार अध्यागमन कार्यालयमा देखिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा रहेकाले उक्त कार्यमा मन्त्रालयले पूर्ण सहकार्य गरिरहेको जनाएको छ।

“विगतका केही घटनाको सम्बन्धमा अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको छ,” विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित विवरण आयोगबाट नै जानकारीमा आउनेछ।”

प्रतिक्रिया दिनुहोस