डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगल्लेकमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, सोमबार बेलुका चट्याङ लागेर बगल्लेक वाडी बस्ने ४० वर्षीया देउमति साउदको मृत्यु भएको हो।
चट्याङबाट घाइते हुनेमा सोही वडाकी ३६ वर्षीया अस्मिता ओली विष्ट रहेकी छन्। उनी बगलेक स्वास्थ्य चौकी, डोटीमा अ.न.मि. पदमा कार्यरत छिन्। विष्टको दायाँ पाखुरामा चोट लागेको छ र उनको जिल्ला अस्पताल, डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।