काठमाडौँ। शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइ बिदामा परिपूरण गरिने भएको छ ।
नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।
शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन काठमाडौँमा सडक आन्दोलन गरेको थियो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको थियो । सरकार र महासंघबीच १७ वैशाखमा ९ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो ।
१ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि शिक्षकको हडतालको कारण भर्ना अभियानसमेत प्रभावित भएको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार अहिले भर्ना अभियान चलिरहेको छ । साथै विद्यार्थीको हात हातमा किताब पुर्याउने काम पनि भइरहेको छ ।