२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३९ पैसा र बिक्रीदर नौ रूपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १४ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५६ पैसा र बिक्रीदर २० रूपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस