२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहलगाम आतंकवादी हमलापछि नेपाली राजदूतावासको आग्रह: सचेत र सुरक्षित रहन अनुरोध

अ+ अ-

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित पहलगाममा गत २२ अप्रिल २०८२ मा भएको आतंकवादी हमलापछि उत्पन्न तनाव र विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपाली नागरिकहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। 

उक्त हमलामा २५ भारतीय र एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो, जसले भारत र पाकिस्तानबीच तनावलाई थप चर्काएको छ।

नेपाली राजदूतावास, नयाँ दिल्लीले एक विज्ञप्ति जारी गर्दै भारतमा रहेका नेपालीहरूलाई आपतकालीन अवस्थामा सुरक्षित स्थानको पहिचान गर्न, भारत सरकारका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशनहरूको पालना गर्न र कुनै पनि संकटकालीन अवस्थामा राजदूतावासको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। 

राजदूतावासले आपतकालीन अवस्थामा समन्वय र सहजीकरणको लागि आफू प्रतिबद्ध रहेको जनाएको छ। 

पहलगाम हमला र भारत-पाकिस्तान तनाव
पहलगामको बाइसारन उपत्यकामा भएको उक्त आतंकवादी हमलालाई लश्कर-ए-तैयबासँग सम्बद्ध ‘द रेसिस्टेन्स फ्रन्ट’(टीआरएफ)ले जिम्मेवारी लिएको छ। हमलाको मास्टरमाइन्डको रूपमा टीआएरएफका प्रमुख शेख सज्जाद गुललाई चिनिएको छ, जसलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइए ले सन् २०२२ मा आतंकवादी घोषित गरेको थियो।

हमलापछि भारतले ७ मे २०२५ मा ‘अपरेसन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गर्‍यो, जसअन्तर्गत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका नौ वटा आतंकवादी शिविरहरूलाई लक्षित गरी हवाई हमला गरिएको छ। भारतले यी हमलाहरूलाई पहलगाम हमलाको जवाफ र भविष्यका सम्भावित हमलाहरूलाई रोक्ने कदमको रूपमा भनेको छ । 

पाकिस्तानले भने यी हमलालाई ‘युद्धको कार्य’ भन्दै २६ जना मारिएको र ४६ जना घाइते भएको दाबी गरेको छ। यसले दुई देशबीचको तनावलाई थप जटिल बनाएको छ। जम्मू-कश्मीरको नियन्त्रण रेखामा लगातार गोलाबारी र ड्रोन हमलाका घटनाहरूले स्थिति थप संवेदनशील बनेको छ।

प्रतिक्रिया दिनुहोस