काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौँले मिश्रलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरूलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उनलाई बिहीबार (आजै) म्याद थपका लागि अदालत लगिएको थियो ।