काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानका विरुद्धमा हुने कुनै क्रियाकलाप सह्य नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा हुने कुनै पनि क्रियाकलापहरू सह्य हुने छैनन् ।’