काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएकी छन् ।
यसैगरी मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाइ दारुसलामका लागि गैरआवासीय नेपाल राजदूत पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूतका पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
