काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताए ।
उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस् । साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ ।’
उनले धितो बोर्डको अध्यक्षले कमिसनको काण्डबारे पनि छानबिन गर्न र अख्तियार प्रमुखको अभिव्यक्तिलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरे ।