२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरूको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरूको गठन गर्ने निर्णय गरेको छ ।

विभागका प्रमुख एवं काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष तीनदेखि पाँच जनाको नाम विभागका पठाउन निर्देशन गर्ने र ती जनशक्तिको परिचालनको संयोजनको जिम्मेवारी विभागका सदस्य नारायण खरेललाई दिने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले विभागको वेभसाईट अद्यावधिक गर्ने कामको संयोजन गर्न विभागका सदस्य प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ, भने जनसम्पर्क समिति भारतसँग समन्वय राखी भारतमा रहेका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिलाई अझ बढी क्रियाशील बनाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यसका लागि विभागबाट सदस्य सुनिता जिसी कुँवरलाई संयोजक तोकिएको जानकारी विभागले दिएको छ । बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिको विधानमा एकरुपताल्याई समितिको सांगठानिकस्वरुप र कामलाई अझ सुव्यवस्थित गराउनका लागि विधानहरूको अध्ययन गरी सुझाव पेस गर्न विभागका सदस्य ऋषि शर्मालाई संयोजक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस