काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ ।
अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५:३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका-१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका सात छोरा र एक छोरी छन् ।