काठमाडौँ । कश्मीरमा पाकिस्तानी सेनाले प्रहार गरेको गोलीबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन्।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएका छन्।
बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ ।