काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारीमाथि कुटपिट गरेका छन् ।
उनले मंगलबार पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी ईश्वरीप्रसाद पोखरेललाई कुटेका हुन् ।
प्रशासन स्रोतका अनुसार मादक पदार्थ सेवन गरेर वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौँ तहका अधिकृत पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका बताइएको छ।