२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी-‘भूमिहीनहरूले छिट्टै जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन्’ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरुद्ध माओवादीसहितका दलहरू उभिएका कारण समस्या हल हुन नसकेको बताएका छन् ।

मंगलबारदेखि टिकापुरमा सुरु भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्‍मा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।

‘माओवादी अध्यक्ष संसद्‍मा भूमिहीन सुकुमवासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ । तर, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गरे,’ उनले भने, ‘माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।’

उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरेका छन् । तर, अब भने प्रक्रिया नरोकिने बताए ।

‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,’ उनले भने, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए ।

उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस