२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोहन बस्नेतले भने-‘प्रतिशोधको राजनीति छाडौँ, म पनि अछुतो छैन’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

सांसद बस्नेतले गृहमन्त्रीले जवाफ दिने जानकारी पाएको उल्लेख गर्दै यस विषयमा धेरै नबोल्ने बताए । रेशमबारे कुरा राख्दाराख्दै उनले नेपालमा प्रतिशोधको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको दाबी गरे ।

यसको दृष्टान्तको रूपमा उनले संसद्लाई सबैभन्दा कमजोर बनाउन खोजिएकोबाट थाहा लाग्ने तर्क छ ।

‘नेपाली काँग्रेसका नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानजी कुनै बेला पार्टीबाट बाहिरिनुपर्ने अवस्था थियो,’ उनले भने । यस्तो अवस्था अन्य पार्टीमा पनि रहेको उनको भनाइ थियो ।

‘एमालेभित्र संस्थापक नेता कति बाहिरिए कति बाहिरिए, माओवादी भित्र बाबुराम भट्टराई र वैद्यजी कहाँ हो कहाँ हो थाहा छैन,’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पनि समस्या नै रहेको उनको भनाइ थियो ।

‘राप्रपाभित्र कमल थापाजी चुनाव हारेपछि अर्को पार्टी खोलेर अध्यक्ष भइहाल्नुभयो । पदको कुरा गर्दा । रास्वपामा पनि राजीनामा प्रकरण सुरु हुन थाल्यो,’ बस्नेतले भने ।

मधेश केन्द्रित राजनीतिक दलभित्र रहेको समस्या पनि देखिँदै गएको उनले बताए । यस्ता गतिविधिलाई उनले प्रतिशोधको संज्ञा दिए ।

‘प्रतिशोध सबैभन्दा पहिले आफ्ना पार्टीकाले आफ्नालाई सिध्याउने, त्यसपछि अर्काका पार्टीलाई सिध्याउने,’ उनले भने ।

यस्तो प्रतिशोधमा नफस्ने हो भने सक्रिय काम केही पनि गर्न नहुने उनको बुझाइ छ । चुप लागेर बस्ने, सबैको कुरा हो भनिदिए प्रतिशोधमा नफस्ने र तर, त्यस्तो व्यक्ति गतिलो नेता बन्न नसक्ने सांसद बस्नेतले बताए ।

‘गतिलो काम गर्न खोजे जो कोही पनि प्रतिशोधको सिकार हुन सक्छ,’ सांसद बस्नेतले भने । गतिलो काम गर्न खोज्ने कर्मचारीलाई मुद्दा लाग्ने प्रवृत्ति बढेकोमा उनको आपत्ति थियो ।

सत्तापक्षलाई परे प्रतिपक्ष हाँसिदिने र प्रतिपक्षलाई परे सत्तापक्ष हाँसिदिने प्रवृत्तिले प्रतिशोधको राजनीतिलाई मलजल गरिरहेको उनको टिप्पणी छ ।

‘म पनि लागेको कुरा प्रष्ट बोल्न पर्ने मान्छे । पार्टीभित्र पनि खप्न पर्छ, बाहिर पनि खप्न पर्छ,’ उनले भने । कहिले को छिर्ने, कहिले को छिराउने, कहिले कसलाई मुद्दा लगाउने जस्तो चलिरहेको उल्लेख गर्दै उनले आफू समेत सुरक्षित नरहेको बताए ।

‘यहाँ म पनि अछुतो रहन्नँ । पालो कहिले आउँछ भन्ने मात्रै हो । तपाईँहरू कोही अछुतो रहनुहुन्नँ,’ उनले भने ।

सक्रिय राजनीतिक जीवन, महत्वकांक्षी राजनीतिक जीवन र मुलुकलाई केही गर्ने खोज्ने राजनीतिक जीवन खोज्नेहरू कोही पनि प्रतिशोधको सिकार हुन सक्ने उनको भनाइ छ ।

यस्तो परिस्थितिमा सुधार गर्नका लागि पार्टी भित्र र पार्टी बाहिर दुस्मन नभएर सहयात्री, सहकर्मीको रूपमा भातृत्वको भाव विकास गर्न आवश्यक रहेको उनले बताए । अन्यथा, प्रतिशोध बढेर गए त्यसले राम्रो नगर्ने उनको भनाइ छ ।

‘होइन भने, प्रतिशोधको राजनीति, नेपालको राजनीति पाकिस्तानी मोडेलमा गइसक्या छ । जो सत्तामा बस्छ उसले निक्लिने बित्तिकै जेल जानुपर्छ, त्यो हिसाबकिताब गरेर गुण्टा ठिक्क पारेर बसे हुन्छ,’ उनले भने ।

धेरै काम गर्ने मन्त्री र प्रधानमन्त्रीहरू झन् समस्यामा पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस