२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल अधिकार अभियान्ता भुवन ऋभूलाई वर्ल्ड जुरिस्ट सम्मान पदक

अ+ अ-

काठमाडौँ । न्यायिक अभियन्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए)ले बाल अधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात् ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुन्।

‘बालविवाह मुक्त विश्व’ बनाउने एउटा वैश्विक अभियानका लागि आफूलाई समर्पित गरेका ऋभूलाई डब्ल्यूजेले आफ्नो भव्य वार्षिक समारोह विश्व कानुन महासभा अर्थात् ‘वर्ल्ड ल कंग्रेस’बीच उक्त पदक प्रदान गरेको हो। उक्त यो कार्यक्रम २०२५ मे ४ देखि ६ सम्म डोमिनिकन गणराज्यमा आयोजना गरिएको थियो, जहाँ ७० भन्दा बढी देशका १५०० भन्दा बढी न्यायिक अभियन्ताहरूसँगै ३०० भन्दा धेरै वक्ताहरू उपस्थित थिए।

१९६३ मा स्थापना भएको वर्ल्ड जुरीस्ट एसोसिएसनले यसअघि यस्तै पदकबाट नेल्सन मण्डेला, विन्स्टन चर्चिल, रूथ बेडर जिन्सबर्ग, केरी केनेडी, र रेने कासिन विश्व चर्चित व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ।

भारतलाई कर्मभूमि बनाएर ऋभूले सुरुवात गरेको बालविवाह मुक्त अभियान तीन महादेशका करिब ३९ देशमा चलिरहेको छ। ऋभूले नेपालमा पनि बाल अधिकारको क्षेत्रमा थुप्रै अभियानहरू सञ्चालन गरिसकेका छन्। नेपालमा समेत उनले बालविवाह र बाल तस्करी तथा बालश्रमविरुद्धका अभियानहरूमा नेतृत्वदायी भूमिका निभाएका ऋभूले भारतीय सर्कसहरूबाट नेपाली बालबालिकाको उद्धार गरेका थिए। सन् २०११ मा ती सर्कस उद्योगहरूमा बालबालिका भर्तीमा प्रतिबन्ध लगाउन पनि कानुनी रूपमा उनी सफल भएका थिए। विगत दुई दशकमा उनले भारतमा यौन शोषणमा लगाइएका हजारौँ नेपाली किशोरी र घरेलु कामदारका रूपमा प्रयोग गरिएका बालबालिकाहरू पनि उद्धार गरेका छन्। 

गत वर्षदेखि नेपालमा सुरु भएको ‘बालविवाह मुक्त’ अभियानको अगुवाइ पनि ऋभूले नै गरेका थिए। गत डिसेम्बर ३१ मा जस्ट राइट्स फर चिल्ड्रेल इन नेपाल र बेस नेपालको सहकार्यमा उक्त अभियानको सुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। त्यसका लागि ऋभूले प्रधानमन्त्री ओलीसँग नेपाललाई आगामी २०३० सम्म बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने राष्ट्रिय रणनीतिमा सहकार्य गरेर अघि बढ्न पनि छलफल गरेका थिए। कानुनको नवीन प्रयोग र जनस्तरमा आन्दोलनमार्फत आधुनिक दासत्व, मानव तस्करी, जबरजस्ती बालश्रम, बाल यौन दुर्व्यवहार र बालविवाहविरुद्ध लड्दै आएका ऋभूले जीवनका दुई दशकभन्दा बढी समय बाल अधिकारका लागि समर्पित गरेका छन्। उनका प्रयासहरूले आज नेपाल, भारतलगायत विश्वका लाखौँ बालबालिकाले कानुनी संरक्षणको प्रत्याभूत गरेका छन् र सरकारहरू त्यसमा प्रतिबद्ध भएका छन्। 

पदक ग्रहण गर्दै उक्त सभामा ऋभूले आफ्ना अनुभवहरू साथै बाल अधिकारको लडाइँमा आफ्नो अभियानबारे बताएका थिए। 

‘बालबालिकाको न्यायका लागि लड्दा सुरुमा हामी एक्लै हुनुपर्ला तर त्यसको लडाइँ हामीले एक्लै लड्नुपर्दैन। किनकि कानुनहरू उनीहरूको न्यायिक अधिकारका लागि ढाल बनेर रहेका हुन्छन्। तिनको व्यवहारिक कार्यान्वयनमा मात्रै सरकारहरूलाई हामीले अपनत्वका लागि दबाब दिनुपर्छ’ ऋभूले भने

त्यस्तै वर्ल्ड जुरीस्ट एसोसिएसनका अध्यक्ष जेभियर क्रेमाडेसले ऋभूको समर्पण र बाल अधिकारको क्षेत्रमा उनको लगावलाई प्रशंसा गरेका थिए। 

‘सबैका लागि न्याय नै लोकतन्त्रको सबैभन्दा बलियो आधार हो भनेर विश्वास राख्ने भुवनले आफ्नो जीवन देश र विश्वभर यौन अपराधका सिकार भएका बालबालिका र महिलाको न्यायको सेवामा समर्पित गरेका छन्’ क्रेमाडेसले भने

भुवन ऋभूले स्थापना गरेको जस्ट राइट्स फर चिल्ड्रेन विश्वकै सबैभन्दा ठूलो बाल संरक्षण सञ्जाल हो, जसले भारत, नेपाल, केन्या र अमेरिका लगायतका देशहरूमा काम गर्दै आएको छ। २५० भन्दा बढी साझेदार संस्थाहरूको यस सञ्जालले कानुनी हस्तक्षेप र सामुदायिक सहभागितामार्फत बालबालिकाको सुरक्षाका लागि प्रणालीगत संरक्षण प्रदान गर्दै आएको छ।

ऋभूको अगुवाइमा यो अभियानका क्रममा अहिलेसम्म ८५ हजार भन्दा धेरै बाल श्रमिक, यौन शोषित, तथा विभिन्न जोखिममा रहेका बालबालिकाहरूको उद्धार गरिएको छ। त्यस्तै करिब ३ लाख भन्दा बालबालिकाको बालविवाह रोकिएको छ। करिब ३४ हजार धेरै बालयौन दुर्व्यवहार पीडितलाई कानुनी सहायता प्रदान गरिसकेको ऋभूको यो अभियानका क्रममा ५४ हजार भन्दा धेरै मानव तस्करीविरुद्ध मुद्दा दायर भएका छन्। 

‘यी मात्रै गणितीय तथ्यांकहरू होइनन्। यसबाट कैयौँ कलिला जीवनहरू बाँचेका छन्। भविष्यको सुनिश्चिता भएको छ। र, यी भनेका हाम्रा बालबालिकाका अधिकारका लागि गरिएका संकल्पहरू पनि हुन्’ ऋभूले भने ।

प्रतिक्रिया दिनुहोस