मोरङ । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना परेका छन् ।
केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मगरले ती महिलालाई आइतबार राति जबर जस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हाल पक्राउ गरी उनलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।