२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्री यादवविरुद्ध बोल्ने इन्जिनियरलाई सचिव बज्राचार्यले सोधिन् स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्रालयमा पछिल्लो समय विवाद चुलिएको छ। मन्त्री प्रदीप यादवले नियुक्त गरेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर दिपेन्द्र कुमार साहलाई हटाइएपछि उनले मन्त्रीविरुद्ध विभिन्न निकायमा उजुरी दिएका छन्। यसैबीच, मन्त्रालयकी सचिव ई. प्रमिला देवी शाक्य बज्राचार्यले साहलाई तीनवटा आरोपमा स्पष्टीकरण सोधेकी छन्।

सहसचिवको दरबन्दी रहेको जनकपुर आयोजनामा दुई तह तलका अधिकृतस्तरका साहलाई निमित्त आयोजना प्रमुख बनाइएको थियो। प्रशासन डटकमले उनको नियुक्तिमा निहित स्वार्थ र अनियमितता भएको खुलासा गरेपछि मन्त्रालयले २०८१/१२/२८ मा साहलाई खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरीमा सरुवा गरेको थियो। सरुवापछि साहले मन्त्री यादवमाथि डिप बोरिङसम्बन्धी ७ करोडको काम आफ्ना मान्छेलाई नदिएको भन्दै आफूलाई हटाइएको आरोप लगाउँदै विभिन्न निकायमा लिखित उजुरी दिएका थिए।

मन्त्रालयकी सचिव बज्राचार्यले साहमाथि निमित्त आयोजना प्रमुख रहँदा व्यवसायिकता, इमानदारी र नैतिकता कायम नगरेको, कर्मचारीहरूलाई करकाप र धम्की दिएको तथा मन्त्रालय र नेतृत्वविरुद्ध आक्षेप लगाउने गरी अनधिकृत रूपमा सञ्चारमाध्यममा जानकारी प्रसारण गरेको आरोप लगाएकी छन्। निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० बमोजिम यी कसूरमा साहलाई दुईदेखि पाँच वर्षसम्म बढुवा रोक्का वा तलब वृद्धि रोक्का गर्ने सजाय किन नगर्ने भनी १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

यो प्रकरणले मन्त्रालयभित्रको आन्तरिक द्वन्द्व र प्रशासनिक अनियमितताको मुद्दालाई थप सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस