२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्छ’-नेता विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउँदै सफल कार्यान्वयनका लागि ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल श्रम प्रतिष्ठानद्वारा आज आयोजित ‘परिवर्तित सन्दर्भ र ट्रेड युनियन आन्दोलन’ विषयक गोष्ठीमा उनले लोकतान्त्रिक राजनीतिक व्यवस्था मजबुद बन्न सके मात्र मजदुरको हकहित सुरक्षित हुने बताए । 

पूर्वउपप्रधामन्त्री निधिले संविधानका मुख्य पाँच विशेषताहरू गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताको सन्दर्भमा ट्रेड युनियन आन्दोलनको भूमिका केन्द्रित गर्न आह्वानसमेत गरे । “गणतन्त्र, संघीयता र लोकतन्त्र, समावेशिताको पक्षमा ट्रेड युनियनको भूमिका केन्द्रित हुनुपर्छ । त्यहीभित्र नै आफ्नो हक र हितका लागि प्रयास गरिरहनुपर्छ”, उनले भने, “यदि यसमा कुनै पनि किसिमको खतरा आउँछ भने त्यसको बचाउमा ट्रेड युनियनको अभियान केन्द्रित हुनुपर्छ ।”

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मूलधारका राजनीतिक दल र जनताबीचको बढ्दो दूरीलाई घटाउन संवाद आवश्यक रहेको बताए । राजनीतिक व्यवस्था परिवर्तनपछि थुप्रै विकास र सुधारका काम भए पनि जनताको असन्तुष्टि वृद्धि हुँदै जानाका कारण पार्टीले खोज्नुपर्ने उनको भनाइ थियो । “नेपाली काँग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार सञ्चालनको दश महिना भइसक्यो तर निराशा चिर्न सकेका छैनौँ”, उनले भने, “मूलधारका राजनीतिक दलप्रति जनताको विश्वास घट्दो छ । यो चुनौती सामना गर्न ट्रेड युनियनले पार्टीलाई सहयोग गर्न सक्दछ ।”

संविधानसभा सदस्य डा. बिन्दा पाण्डेले औपचारिक र अनौपचारिक श्रमिकलाई पञ्जीकरण गर्ने विषयमा जोड दिँदै श्रमिक परिचयपत्रको आवश्यकता औँल्याए । उनले वर्तमान सन्दर्भमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको भूमिका प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । 

प्रतिष्ठानका महासचिव विकास दाहालले आर्थिक उदारीकरण, प्रविधिको प्रभाव र श्रम बजारको परिवर्तनले ट्रेड युनियनको भूमिका र प्रभावकारितामा ल्याएको परिवर्तनबारे चर्चा गरे । उनले यसले  श्रमिक अधिकार, सामूहिक सौदाबाजी र सामाजिक न्यायको लडाइँमा नयाँ आयाम थपेको धारणा राखे ।

कार्यक्रममा नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्याय र नेपाल ट्रेड युनियन काँग्रेसका पूर्वकेन्द्रीय सदस्य धुव्रराज पुरीलाई प्रतिष्ठानले अभिनन्दन गरेको थियो । यस्तै, परियोजना व्यवस्थापनसम्बन्धी तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो ।

प्रतिक्रिया दिनुहोस