काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा भएका कमजोरीलाई नदोहोर्याउने संकल्पसहित छलफलमा रहेको बताएका छन् ।
प्रवासी नेपालीबारे सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिकाबारे छलफलमा बोल्दै जिम्मेवारी लिएको कुनै पनि मान्छेले सत प्रतिशत काम गर्न नसक्ने बताए ।
उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा पार्टीको सुधार प्रक्रियामा अगाडि, सरकारमा सहभागी छौँ । त्यसलाई सुधारको प्रक्रियामा छौँ । सरकारमा भएका कमजोरीलाई नदोहोर्याउने संकल्पसहित छलफलमा छौँ । काम गर्न ढिलो भएको छ द्रुत गतिमा अगाडि बढाउन लागिरहेका छौँ । मन्त्रीहरूले काम गरिराख्नुभएको छ । जिम्मेवारी लिएको कुनै पनि मान्छेले सत प्रतिशत काम गर्न सक्दैन ।’
उनले पार्टीबाहिर भएकाहरूले सरकारमा गएका मन्त्रीहरूको आलोचना गर्ने प्रवृत्ति पार्टीमा विगतदेखि नै चल्दै आएको बताए ।
उनले थपे, ‘म धेरै पटक मन्त्री भइसकेको छु । काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू एक ठाउँमा नभएकाहरू केही महिनामा मन्त्रीहरूले काम गर्न सकेनन् भन्न थाल्छन्, यो अहिलेको कुरा होइन ०४८ सालदेखिकै हो । घटनाक्रम हेर्नुस् न ।’