१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ’ – झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति,प्रगतिका निम्ति अझ ठूला सफलताहरू प्राप्त गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका  छन्।

उनले श्रमिक दिवसको अवसरमा एक विज्ञाप्तीमार्फत श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने बताएका हुन् । 

हाम्रो देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिष्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अहिले हामी समाजवादी क्रान्ति र रूपान्तरको नयाँ ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेका छौँ । देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको छ । जनताको आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्ग माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् झन् चर्को बन्दै गएको छ । मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका छन । विज्ञाप्तीमा उल्लेख गरेको छ । 

श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरू प्रति दिन हजारौँको संख्यामा रोजगारीको खोजीमा विदेश जान बाध्य भइरहेकोसमेत बताएको छ ।  

प्रतिक्रिया दिनुहोस