३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 मनहरीमा छ प्रजातिका चैते धानको परीक्षण

अ+ अ-

चितवन । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैते धानको परीक्षण गरेको छ । 

उक्त कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत मनहरीमा चैते धान परीक्षण गरिएको हो ।

उक्त कार्यालयबाट आलु र मकै पनि परीक्षण भएको छ । कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण भइसकेको छ ।

मनहरीमा हर्दिनाथ हाइब्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कुन जातको चैते धान कति उत्पादन हुन्छ भनेर परीक्षण गरिएको जनाइएको छ । परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्राङ्गारिक मल, विषादीको प्रयोग पनि परीक्षण गरिएको छ । मल विषादीसँगै पानीको प्रयोग कति गर्दा उत्पादनमा हुने परिवर्तनबारे पनि अध्ययन भएको छ ।

खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परीक्षण गरिएको छ । नाइट्रोजनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको जनाइएको छ । नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताए । 

प्रतिक्रिया दिनुहोस