काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदै छ ।