१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जामन्त्री खड्काकाले भने-‘ग्रीन हाइड्रोजनको सम्भावनामाथि अध्ययन हुँदैछ’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावनाको विस्तृत अध्ययन अघि बढाउन सरकार लागेको बताएका छन् ।

ग्रीन हाइड्रोजन नेपालका लागि निकै महत्त्वपूर्ण रहेको बताएका ऊर्जामन्त्रीले यसलाई कार्यविधिमार्फत अघि बढाइने स्पष्ट पारे ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरूको सहजीकरणमा मन्त्रालयमा बिहीबार आयोजित ग्रीन हाइड्रोजनसम्बन्धी विशेष प्रस्तुतीकरण र छलफलमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

‘ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो । यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि निर्माण गर्न सरकारले आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको धारणा राखे ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिए । वातावरणमैत्री प्रविधिको प्रयोगले इँट्टाभट्ठा र केमिकलजन्य उद्योगहरूबाट हुने प्रदूषण कम गर्न सकिने उनको भनाइ थियो ।

सिँचाइ सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी र संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताइन् । उनले अन्तर मन्त्रालय समन्वयमा सरकारले आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पारिन् ।

कार्यदलका संयोजक एवं सहसचिव जिवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशहरूले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको धारणा राखे ।

काठमाडौँ विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा. डा. विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तर्राष्ट्रिय तुलनामा सस्तो पर्ने भन्दै यसलाई शीघ्र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार जापान, कोरिया, भारत र युएईजस्ता देशहरूले यो प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन् ।

छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशील चन्द्र आचार्य, सुरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका डा. राम लामा र डा. लक्ष्मण लामालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस