२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी 

अ+ अ-

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षण बुझाउँदै विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो ।

विभिन्न पक्षहरूले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासायी भएकाले सरकारले गम्भीर भएर यस विषयमा बिचार गर्नुपर्ने महासंघको भनाइ छ ।

माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुर लगायतमाथि समस्या भएको र यात्रुहरूको अधिकारको हनन भएको महासंघको भनाई छ । 

आफ्नो अधिकारको माग गर्दा अरूको अधिकार हनन भएको विषयमा ख्याल गर्न महासंघले अनुरोध गरेको छ। आन्दोलनका कारण आफूहरूको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्ने चेतावनी महासंघको छ । 

त्यस्तै महासंघले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानून विपरीत सञ्चालन भएका यातायात कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधन लगायतका विषयमा समेत विभागको ध्यानाकर्षण गराएको छ ।

शिक्षकहरूले बबरमहल-बानेश्वरको पुरै सडक ढाकेर आन्दोलन गरिरहेको छ । जसको कारण सर्वसाधरणले दैनिक सास्ती खेप्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस