५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनिता डंगोलको निर्देशन-‘धेरै नागरिकलाई लाभ हुने कार्यक्रमलाई पहिलो प्राथमिकता दिनू’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका बारेमा समीक्षा गर्दै एउटै योजनाबाट धेरै नागरिकलाई लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिएकी छन् । 

आज उनकै बैठक कक्षमा विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै उनले आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भएको बताइन्। 

‘आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सीमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ । क्रमागत योजना घटाउँदै लैजानुपर्छ ।’ 

उनले अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भन्नुभयो, ‘कार्यक्रम तर्जुमा गर्ने समय भएकोले कर्मचारी सरुवा नगर्नू । एउटाले अघि बढाएको काम बिचमा आएर अर्कोलाई टुङ्गोमा पुर्‍याउन कठिन हुन्छ ।’

बैठकमा उनले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनाबद्ध काम गर्नुपर्ने बताउनुभयो । यसको तयारीका क्रममा संघ र प्रदेश सरकारसँग समन्वय गर्नु पर्ने, बैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगर सभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समय सापेक्ष र व्यवहारिक बनाउन योजना गर्नु पर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ ड्रइङ्, डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नु पर्ने उनको भनाइ थियो । 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, प्रक्रियामा आएका फाइलहरू कतै नरोकिने गरी निर्णय प्रक्रियामा लगिएको जानकारी दिए । 

बैठकमा योजना, अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले, विभागहरूले प्राप्त गरेका उपलब्धिका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस