काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
प्रशासन स्रोतका अनुसार आजको बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि राजीनामा दिएकाले शिक्षामन्त्री विद्या भट्टराई बैठकमा सहभागी छैनन् ।
सम्बन्धित समाचार : शिक्षामन्त्री भट्टराईले दिईन् राजीनामा
अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै