काठमाडौँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय छ । आजको यो खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ ।
दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यस खेल जित्ने टोली आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् ।
प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेका थिए ।
अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो ।