२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरूले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए ।

‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’

उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए । उनले इच्छाकामना गाउँपालिका प्राकृतिक रूपमा निकै सम्भावना भएको पालिका भएको बताए ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए ।

मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीले बताए ।

इच्छाकामनाको पहाडमा सुरक्षित आवास निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, आर्य आर्जनमा स्थानीयलाई जोड्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् । भवन ४ तले छ ।

प्रतिक्रिया दिनुहोस