१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी, माओवादी केन्द्रलाई मनाउने प्रयास

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दलले माओवादी केन्द्रलाई मनाउने प्रयास गरेका छन् ।

‘संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ थियो । तैपनि अगाडि बढ्छ भने बढोस् भनेर हामीले सहमति जनायौँ,’ एमाले सांसद रघुजी पन्तले भने, ‘फरक मत लिखित रूपमा राखेनौँ । यो कुरा म विपक्षी दललाई स्मरण गराउन चाहन्छु ।’

अर्थात् एमाले सांसद पन्तले माओवादी केन्द्र लगायत विपक्षीलाई फरक मत लिखित रूपमा नराख्न आग्रह गरे ।

काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले पनि कतिपय अवस्थामा आफूलाई लागेकै जस्तो हुन नसक्ने ख्याल गर्न आग्रह गरे । ‘कतिपय विषयमा व्यक्तिको बुझाइ अनुसार पनि नभएको हुन सक्छ । सबै सहमत हुने वातावरण बनाऔँ,’ बडुले भने ।

विधेयक धेरै लम्ब्याउन नहुने उनको भनाइ थियो ।

‘धेरै कुरा क्लियर भएका छन् । अब एक राउन्ड छलफल गरौँ । दुई दिन, तीन दिन भन्दा बढी नलगाऔँ,’ उनले भने ।

यो विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफलमा छ । सांसद बडुले सहमतिका नाममा विधेयक धेरै लम्ब्याउन नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस