१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यावधि चुनाव माग्न ‘प्रचण्डलाई प्रदीप ज्ञवालीको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्यावधि निर्वाचन माग्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

एकातिर ‘प्रचण्ड’ले दिनहुँ सरकार परिवर्तन हुने हल्ला गरिरहेको र अर्कोतिर, माओवादी केन्द्र जनतामा लोकप्रिय बन्दै गएको दाबी पनि गर्ने गरेको भन्दै ज्ञवालीले माओवादी लोकप्रिय भन्ने विश्वास भए मध्यावधि चुनाव माग्न सुझाव दिएका हुन् ।

सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै ज्ञवालीले भनेका छन्, ‘कामरेड ‘प्रचण्ड’को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ-२०८४ मा देखाइदिन्छौ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन । अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको सम्भवतः सातौँ संस्करण सार्वजनिक भएको छ ।’

कुनै पनि एक दलले बहुमत प्राप्त गर्न नसकेको संसद्मा बहुमत संख्या जुटाउन सक्नेले सरकार बनाउने ज्ञवालीले प्रचण्डलाई स्मरण गराएका छन् ।

‘हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन् । नि:सन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ ज्ञवालीले अगाडि लेखेका छन्, ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् ।’

प्रचण्डको सत्ता अधीरता अचम्म लाग्दो हुने गरेको उल्लेख गरेका ज्ञवालीले खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो भनेर बुढापाकाहरूले भन्ने गरेको आहान सम्झन ‘प्रचण्ड’लाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस