काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका तिन वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झा, नेपाल बिद्युत् प्राधिकरणमा कार्यरत इन्जिनियर कृष्ण प्रसाद यादव र ललितपुर महानगरपालिका राजस्व शाखामा कार्यरत खरिदार राजेन्द्र नेम्कुलबिरुद्धका मुद्दामा विशेष अदालतले गरेको फैसला चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।


