काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुकुर-बिरालो दर्ता गर्न सूचना जारी गरेको छ ।
महानगरपालिका क्षेत्रमा कुकुर-बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर-बिरालोलाई माइक्रोचिप लगाएर वडामा दर्ता गरेर मात्रै पाल्न सूचना जारी गरेको हो ।
‘काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर-बिरालो बिक्री वितरण गर्ने व्यक्ति र संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ महानगरले सूचनामा भनेको छ ।
