२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण क्षेत्रमा आठ महिनामा भित्रिए एक लाख ४० हजार पर्यटक

अ+ अ-

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन् । 

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो । आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सबैभन्दा कम माघमा जम्मा नौ हजार ३४ पर्यटक ‘एक्याप’ भित्रिएका थिए । 

फागुनयता पर्यटक आवागमनमा वृद्धि भएको आयोजना प्रमुख डा. कडरियाले बताए । चैत–वैशाख पदयात्राका लागि उत्तम मानिने हुँदा यो याममा पर्यटकको सङ्ख्या थप बढ्ने उहाँले बताउनुभयो । गत वर्ष चैतमा वर्षकै सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमफिर गरेका थिए । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्रीको संख्या न्यून हुने गरेको छ । पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखलाई उत्तम समय मानिने आयोजना प्रमुख डा. कडरियाले बताए ।

पछिल्लो तीन वर्षको आँकडाअनुसार बर्सेनि उक्त क्षेत्रमा पर्यटकको आवागमन बढेको देखिन्छ । आव २०७९-८० मा एक लाख ७२ हजार १०८ पर्यटक ‘एक्याप’ भित्रिएकामा आव २०८०-८१ मा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रका भ्रमण गरेका थिए । आव सकिन चार महिना बाँकी रहेकाले चालु आवमा पनि पर्यटक सङ्ख्या गत वर्षको तुलनामा वृद्धि हुने अनुमान आयोजना कार्यालयको छ ।

“गत वर्षको तुलनामा चालु आवका हरेक महिनामा पर्यटक सङ्ख्या बढेको छ”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको छ, सडक मार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दो छ ।” मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन् । 

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मनाङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकिन गर्न नसकिने आयोजना प्रमुख डा. कडरियाले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्य स्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस