ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूहका रिक्त पदहरूमा कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवाको लागि आवेदन आह्वान गरेको छ।
सूचना नं. ४८/०८१–०८२ अनुसार, लोक सेवा आयोगको सहमतिमा प्रतिष्ठानको प्रशासनिक, प्राविधिक र अन्य तर्फका पदहरूमा बढुवा प्रक्रिया अगाडि बढाइएको हो।