२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहको दाबी-‘प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको छ’

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको बताएका छन् ।

शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभा समारोह उद्घाटन गर्दै उनले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नगर्ने बताए ।

केही दिन पहिले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीको विवादित अडियो बारे सरकारले छानबिन गरिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।

‘केही दिनअघि विवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो’, मुख्यमन्त्री शाहले भने, ‘भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशीलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।’

विवादित अडियोको सन्दर्भमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढिरहेको भन्दै अनुसन्धान र छानबिनमा सरकारले सहयोग गर्ने मुख्यमन्त्रीले बताए।

उनले दोषी दण्डित हुने, उन्मुक्ति नपाउने दाबी गरेका थिए ।

‘अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाइसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय हुन्छ’ मुख्यमन्त्री शाहले भने

संसद सुचारु गर्न पटक-पटकको सर्वदलीय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए ।

उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा बिश्वास व्यक्त गरेका थिए ।

एक अर्को प्रसंग मुख्यमन्त्री शाहले संघीय संरचनामा गईसकेकोले संघीयताको बिकल्प नरहेको स्पष्ट पारेका थिए। ञहामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगिकार गरेका छौ, त्यो अनुसारको संविधानलाई संविधानतह निर्माण गरिएका नीति नियमलाई कार्यान्वयनको दिशामा लैजानु पर्छ ‘ उनले भने ।