काठमाडौँ । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् ।
तीनकुने घटनामा घटाउन उक्साएको आरोपमा राणालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो ।
राणा पक्राउ परेको सूचना प्रहरीले शनिबार संसद सचिवालयमा पठाएको थियो ।