१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानीमा बेथिति शृङ्खला -३ : न्याय माग्ने कर्मचारीको नै सरुवा, जिल्लादेखि केन्द्रसम्मको सेटिङ !

अ+ अ-

काठमाडौँ । पछिल्लो समय ‘सेटिङ’ शब्द निकै बदनाम भएको छ । निष्पक्ष रहनुपर्ने सरकारी निकायमा केही पदाधिकारी र कर्मचारीले गर्ने ‘सेटिङ’ बारे आम नागरिक अनभिज्ञ छैनन् । जताततै सेटिङको कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन् । यस्तै सेटिङको पछिल्लो उदाहरण खानेपानी मन्त्रालय र यसअन्तर्गतका निकायहरूमा देखिएको छ ।

मन्त्रालयदेखि विभाग हुँदै जिल्ला तहसम्म भुसको आगोजस्तै भित्रभित्रै फैलिएको सेटिङको आगो संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा बिस्फोट भएको छ । सहसचिव प्रमुख रहने यो निकायमा तीन तह तलका विवादित इन्जिनियरलाई पठाइएपछि सुरु भएको विवाद निमित्त आयोजना प्रमुखविरुद्ध बोल्ने कर्मचारीहरूको सरुवासम्म पुगेको छ ।

निमित्त आयोजना प्रमुख दीपेन्द्रकुमार साहले नायब सुब्बा (ना.सु.) बालबोधकुमार ठाकुरलाई कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै स्पष्टीकरण सोधेपछि यो विवादले ठूलो रूप लिएको हो । यो प्रकरणले तीन इन्जिनियर, सब(इन्जिनियर र लेखा अधिकृतसम्मलाई प्रभावित गरेको छ ।

सम्बन्धित समाचार : खानेपानी आयोजना जनकपुरमा निमित्त हाकिम र कर्मचारीबीचको लफडा सतहमा

खानेपानी तथा ढल निकास व्यवस्थापन विभागले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका इन्जिनियर मनोजकुमार दासलाई अर्को आदेश नभएसम्म भन्दै बुटवल सरुवा गरेको पत्र थमाएको छ भने सब-इन्जिनियर नवीनकुमार यादवलाई धनगढी पठाइएको छ । खानेपानी मन्त्री प्रदीप यादवको ठाडो निर्देशनमा विभागले उनीहरूको सरुवा गरेको स्रोतले प्रशासन विशेष ब्युरोलाई बताएको छ ।

हेर्नुहोस् इन्जिनियर मनोजकुमार दासलाई सरुवा गरेको पत्र

हेर्नुहोस् सब-इन्जिनियर नवीनकुमार यादवलाई सरुवा गरेको पत्र

“कर्मचारीहरूले कि त निमित्त आयोजना प्रमुखको सरुवा गर्नुपर्ने, कि त सामूहिक सरुवा गर्नुपर्ने माग राखेका थिए । तर, अलि बढी असहयोग गर्ने कर्मचारीलाई छानिछानी सरुवा गर्ने भनिएअनुसार विभागले यो कदम चालेको हो,” विभागको स्रोतले प्रशासन विशेष ब्युरोसँग भन्यो ।

इन्जिनियर र सब–इन्जिनियरको सरुवा भएको चार दिनपछि, अर्थात् चैत १४ गते, लेखा अधिकृत बसन्त गैरेलाई पनि सरुवा गरिएको छ । उनलाई निवृत्तिभरण व्यवस्थापन कार्यालय, काठमाडौँमा पठाइएको छ । महालेखा नियन्त्रक कार्यालयबाट भएको गैरेको सरुवा ठूलो तहको निर्देशनमा भएको स्रोतको दाबी छ । “त्यहाँ केही लफडा रहेछ, उनलाई तत्काल सरुवा गर्नुपर्ने भनिएपछि यो कदम चालिएको हो,” महालेखा नियन्त्रक कार्यालयको स्रोतले बतायो ।

हेर्नुहोस् लेखा अधिकृत बसन्त गैरेलाई सरुवा गरेको पत्र

यसबाट स्पष्ट हुन्छ कि मन्त्री यादव आफ्नो निहित स्वार्थ पूरा गर्न जस्तोसुकै हतकण्डा अपनाउन तयार छन् । ठाडो आदेश नमान्ने कर्मचारीलाई एक एक गरी सरुवा गराएर करारका कर्मचारीबाट काम गराउने रणनीति उनको देखिएको छ । जनकपुर आयोजनाका कर्मचारीहरूले या त निमित्त आयोजना प्रमुख दीपेन्द्रकुमार साहलाई हटाउनुपर्ने, वा आफूहरूको सामूहिक सरुवा गर्नुपर्ने माग राख्दै मन्त्री यादवलाई निवेदन दिएका थिए ।

सम्बन्धित समाचार : जनकपुर खानेपानी बिबाद: कर्मचारीले मन्त्री यादवलाई भने–‘निमित्त प्रमुख हटाऊ, नभए हाम्रो सामूहिक सरुवा गर’

तर, कर्मचारीको माग सम्बोधन गर्नुको साटो मन्त्री यादवले विरोध गर्नेहरूलाई एक-एक गरी सरुवा गर्ने र आफू अनुकूलका कर्मचारीबाट काम गराउने रणनीति अपनाएको प्रष्ट देखिएको छ । पछिल्लो समय मन्त्री यादव कार्यालयको दौडधुपमा बढी जोड दिँदै आएका छन् । कर्मचारीहरूका अनुसार, यो सबै उनको स्वार्थ सिद्धिको खेल हो ।

मन्त्री प्रदीप यादव जनकपुरको सेटिङ विवादमा कुरै सुन्न तयार छैनन् । केही नभएको र आफूलाई थाहा नभएजस्तो देखाउँदै प्रशासनको जिज्ञासामा उल्टै भन्छन्, ‘कोही कर्मचारी जान मान्दैनन्, तपाईं नै खोजिदिनुस्,’ भन्दै जिम्मेवारीबाट पन्छिए ।

कर्मचारी सरुवाबारे बुझ्न खोज्दा निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार साह सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस